+
+

बीआरआईबारे छलफलमा जुटे कांग्रेस शीर्ष नेता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १०:१९

१२ मंसिर, काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन नेपाली कांग्रेस छलफलमा जुटेको छ ।

पार्टी सभापति शेरबहादुर दउवाको निवासमा  आज कांग्रेसका शीर्ष नेताहरुले बीआरआईका बारेमा छलफल गरिरहेका छन् ।

बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ ।

प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?