+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संगठन सदस्य नहुनेलाई सुन खरिद गर्न नरोक्नू : सर्वोच्च 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १३:५२

१२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यावसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।

रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दिएको निवेदनमाथिको बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

‘राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु, रोक नलगाउनु’ अन्तरिम आदेशमा भनिएको छ ।

हाल वाणिज्य बैंकहरुले सुन आयात गरी व्यवसायीका तीन संगठनहरुलाई बिक्री हुँदै आएको छ । व्यवसायीका तीन संगठनले आवद्ध सदस्य व्यवसायीलाई सुन दिँदै आएका थिए । संगठनमा आवद्ध नभएका व्यवसायीले सुन नपाएको अवस्था देखिएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?