फाइल तस्वीर
६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दा न्यायाधीश अब्दुर अजीज मुसलमानको इजलासमा परेको छ ।
सर्वोच्चका न्यायाधीश मसुलमानको इजलासको ‘ग’ नम्बरमा पेशी परेको हो । लामिछानेमाछि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्दा महान्यायाधीवक्ता कार्यालयले संशोधन गरेको थियो ।
केपी शर्मा ओलीको पालामा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । यसलाई रास्वपाले प्रतिशोध भन्दै बताउँदै आएको थियो ।
अहिले महान्यायाधीवक्ता कार्यालयले लामिछानेसँगै यो सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्दा संशोधन गरेर फिर्ता लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4