
काठमाडौं । ‘सतीदेवी’सहित दुई आदिवासी जनजाति फिल्म २०८० सालका विशेष चलचित्र घोषित भएका छन् । बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे ।
समाजमा छोरीको महत्वको सन्देश दिने लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ नेपाली भाषातर्फ विशेष फिल्म घोषित भयो । लिम्बु भाषाको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्तली’ पनि विशेष चलचित्र घोषित भए ।
विशेष फिल्म घोषित भएसँगै तीनै फिल्मले दुई दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । फिल्मको सबटाइटलिङको लागि नगद पुरस्कार दिइने चलचित्र विकास बोर्डले जनाएको छ ।
राष्ट्रिय चलचित्र पुरस्कारको सन्दर्भमा आयोजित समारोहमा विशेष चलचित्र पुरस्कार दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4