+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

स्थानीय तह उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १४:३८

१३ मंसिर, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार राति १२ देखि मौन अवधि सुरु हुने भएको छ ।

निर्वाचन आयोगले सूचना जारी गर्दै मतदान केन्द्रमा मतदान कार्य नसकिँदासम्म मौन अवधि लागु हुनेछ ।  निषेध (मौन) अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।

निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागु गर्ने गर्दछ ।

‘निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने सम्बन्धित निकाय तथा अधिकारीहरूलाई निर्देशन दिएको छ,’ आयोगको सूचनामा भनिएको छ ।

उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्‍ने, सूक्ष्म ढङ्‍गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्‍वसनियतामा आँच आउने कुने कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्‍का लागेमा वा कुनै सूचना प्राप्‍त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्न समेत आयोगले निर्देशन दिएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?