+
+

विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १३:२४

१४ मंसिर, काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ । सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र फुँयाल रहेका छन् ।

‘पक्राउ परेका फुँयालमाथि अनुसन्धान जारी छ । उहाँले किन धम्की दिनुभयो । यसको पछाडि के उदेश्य थियो भन्ने अनुसन्धान अघि बढाएका छौं,’ सीआईबी स्रोतले भन्यो ।

केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको छ ।

‘प्रसाईंको नाममा पनि धम्की आएको भन्ने गुनासो थियो । अहिले झापाकै मान्छे पक्राउ परेकाले यस विषयमा थप गहन अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ सीआईबीका एक अधिकृतले भने ।

जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ ।

विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक-पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?