 
																			१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले सभापति रवि लामिछानेको रिहाईको माग गरेर माइतीघरमा प्रदर्शन गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानको क्रममा लामिछानेको आजबाट काठमाडौंमा बयान सुरु भएको छ । शुक्रबार ६ घण्टाभन्दा बढी समय लामिछानेसँग बयान लिइएको छ ।
सरकारी वकिलको कार्यालय नजिकै माइतीघरमा रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै विरोधमा उत्रेका हुन् । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
पार्टीको औपचारिक निर्णयमा भने सडक प्रदर्शन नगर्ने निर्णय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4