१४ मंसिर, काठमाडौं । विष्फोटक पदार्थसम्बन्धी कसूरमा फरार रहेका २ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका ९, का ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका ६, का २० वर्षीय धीरज माझी छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार राजकुमार मोरङ उर्लाबारी नगरपालिका, ७ उर्लाबारी चोकबाट पक्राउ परेका हुन् भने धीरज मोरङकै शनिश्चरे नगरपालिका १, तातेरोड चोकबाट पक्राउ परेका हुन् ।
उनीहरुमाथि २८ भदौ ०८१ मा साँझको करिब ६ बजेको समयमा झापाको बिर्तामोड नगरपालिका ६, शमशेर एण्ड गंगादेवी टि स्टेट प्रालिको पश्चिम पर्खाल नजिकै विष्फोटक पदार्थ राखेको आरोप प्रहरीले लगाएको छ । ‘नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टि स्टेटको जग्गा कब्जा किन..?’ लेखिएको पर्चासहित विष्फोटक पदार्थ फेला परेको घटनामा उनीहरु संलग्न रहेको खुलेको थियो ।
बिहीबार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापाबाट विष्फोटक पदार्थ सम्बन्धी कसूरमा ३ दिन म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमा चन्दले जानकारी दिए ।
प्रतिक्रिया 4