१५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मंसिर मसान्तसम्म प्रदेश संयन्त्रको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
शनिबार बुटवलमा बसेको प्रदेशस्तरीय संयन्त्रको बैठकले मंसिरसम्म जिल्लाका संयन्त्रको बैठक सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशिल बनायन सुझाव संकलन गर्ने निर्णय भएको मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयले जनाएको छ ।
भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।
बैठकमा प्रदेश सरकारका कामकारबाहीबारे मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ गरेका थिए । सरकाले अघि सारेका कामहरु सही दिशामा अघि अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगेको लगायतका विषयमा मुख्यमन्त्री आचार्यले बैठकमा बताएका थिए ।
यस्तै बैठकमा संसदीय क्षेत्रमा भएका कामहरूको बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिएका थिए ।
एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल तथा कांग्रेसबाट संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल मुस्कान छन् ।
प्रतिक्रिया 4