+
+

गुल्मीको मुसिकोट–१ मा ४३ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १३:५७

१६ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाध्यक्ष पदका लागि भइरहेको उप–निर्वाचनमा ४३ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

रिक्त वडाध्यक्ष पदका लागि बिहान ७ बजेदेखि भइरहेको मतदानामा १ हजार ७ सय ६० जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिए ।

उनका अनुसार अहिले सबै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । कुल मतदाता संख्याको ४३ प्रतिशतले मतदान गरेको उनले बताए ।

वडामा ४ हजार ५१ जना मतदाता छन् । वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।

वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिस्पर्धामा छन् । ५ जना राजनितिक दल र ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन् ।

स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार रहेको निर्वाचन अधिकृत घिमिरेले बताए ।

यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन भएको हो। मतदान सकिएलगत्तै मतगणना पनि वडामै गणना हुने जानकारी गराउँदै गणनास्थल तयारी अवस्थामा रहेको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?