+
+

उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १९:०१

१६ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले उपनिर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका छन्

स्थानीय तहका विभिन्न ४१ पदका लागि आइतबार मतदान भएको छ । निर्वाचन आयोगका अनुसार करिब ६२ प्रतिशत मतदान भएको छ ।

मतदान सम्पन्न भएपछि गृहमन्त्री लेखकले उपनिर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका हुन् ।

‘म मतदानमा सहभागी सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचनमा संलग्न सुरक्षाकर्मी, निजामति कर्मचारी, संचार माध्यम र सबै दिदि, बहिनी दाजूभाईमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उपनिर्वाचन अन्तर्गत विभिन्न जिल्लामा ४१ पदका लागि भएको निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘निर्वाचन लोकतन्त्रको मेरूदण्ड हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?