+
+

बयानका लागि रवि लामिछानेलाई चितवन लगियो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते ९:१२
Photo Credit : Govinda Ghimire

१८ मंसिर, काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन लगिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको हो ।

चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्‍याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।

यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?