+
+

उपचुनावले सबै दलहरुको यथार्थ धरातल स्पष्ट पार्‍यो : माधव सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते ११:०२

१८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपचुनावले सबै दलहरुको यथार्थ धरातल स्पष्ट पारेको बताएका छन् ।

उपचुनावको अन्तिम नतिजा सर्वाजनिक भई त्यसको सन्देशका बारेमा विभिन्न कोणवाट समीक्षा भइरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘‘जनमत चलायमान छ भन्ने मूल सन्देश मत परिणामले दिएको छ । सबै दलहरुको यथार्थ धरातल स्पष्ट पारेको छ ।’

शहर र मधेसमा माओवादीको भोट ग्राफ बढेको उल्लेख गर्दै उनले निर्वाचनको कोर्षमा माओवादीलाई परिपक्व जनआधार सहितको मुख्य शक्तिको रुपमा स्थापित गरिदिएको बताए ।

‘सबै नेता/ कार्यकताहरु आ-आफ्नो फिल्डमा जमेर लाग्ने र जनतातर्फ फर्कंदा मुख्य शक्तिको रुपमा परिणाम निकाल्न सकिन्छ भन्ने मनोवल प्रदान गरेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?