१८ मंसिर, काठमाडौं। १११ किलो गाँजासहित मकवानपुरबाट एक भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिर रहेका छन् ।
उनलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केबाट १११ किलो गाँजासहित पक्राउ गरेको हो ।
प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.१० च ५३३ नम्बरको योद्दा गाडीबाट उक्त गाँजा बरामद गरेको हो ।
गाडीको ढालामा बालुवा र मलले छोपी राखेको २० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महोमदलाई पक्राउ गरिएका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4