+
+

जनमतलाई सभामुखको चुनौती- सांसद सापकोटा नातेदार भएको पुष्टि गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १९:५३

१८ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटा आफ्नो नातेदार भएको पुष्टि गर्न चुनौती दिएका छन् ।

जनमतले सापकोटालाई समानुपातिक सांसदबाट हटाउन भन्दै चार पटकसम्म पत्र लेखेको थियो । तर, सभामुख घिमिरेले पदमुक्त गर्नुपर्ने आधार नरहेको भन्दै इन्कार गरिदिएका थिए ।

सभामुखको निर्णयप्रति आपत्ति जनाउँदै जनमत पार्टीले विज्ञप्ति नै जारी गरेर ‘सभामुखको नातेदार र समुदायको मान्छे’ भएको उल्लेख गर्दै राजीनामा समेत माग गरेको थियो ।

त्यसपछि संसद् सचिवालयले सभामुखले कानुन अनुसार निर्णय लिएको मंगलबार दिउँसो विज्ञप्तिमार्फत् बताएको थियो ।

साँझ सभामुख घिमिरेको नीजि सचिवालयले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘ जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौति दिन चाहन्छु ।’

सभामुख निर्वाचित भएकै दिन संसदको निष्पक्ष सञ्चालनका लागि राजनीतिक दलका सबै आवद्धता त्योको उल्लेख गर्दै राजनीतिक दल र सांसदहरूमा समान व्यवहारा प्रदर्शन गरिएको दाबी विज्ञप्तिमा गरिएको छ ।

‘संसदीय कार्यहरू संविधान, कानून, संसद नियमावली र अभ्यास बमोजिम सञ्चालन हुन्छन्, सभामुखले गरेका निर्णय पनि त्यसबाहिर छैनन् भन्ने स्पष्ट पार्न चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु ।’

सभामुखले संसदमा कुनै भाषा, भेषभूषाको प्रयोग सम्बन्धमा भेदभाव गरेको, विभेद गरेको, प्रस्ताव तथा समय प्रदान गर्दा संसदमा विभेद गरेको’ जस्ता आरोप अनर्गल, तथ्यहीन र काल्पनिक भएको पनि उनको सचिवालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?