+
+

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते ६:१९

१९ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने  नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनको चार दिने औपचारिक भ्रमणका लागि गत सोमबार बेइजिङ गएका प्रधामन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ, चिनियाँ प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी ९ वटा सहमति/समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो ।

प्रधानमन्त्री ओली मंसिर २० गते अर्थात् भोलि बुधबार स्वदेश फर्किंदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?