+
+

‘पुष्पा’को तेस्रो श्रृंखला ‘द र्‍याम्पेज’ आउने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते ११:४१

काठमाडौं । चर्चित दक्षिण भारतीय फिल्म ‘पुष्पा’को तेसो श्रृंखला निर्माणको घोषणा भएको छ । फिल्मको पोस्ट-क्रेडिट दृश्यमार्फत निर्माताले ‘पुष्पा ३’ आउने जनाएका हुन् । तेस्रो श्रृंखलाको नाम राखिएको छ- पुष्पा ३ : द र्‍याम्पेज ।

आजदेखि हलमा प्रदर्शनमा आएको फिल्म ‘पुष्पा २ : द रुल’ हेरेका दर्शकलाई तेस्रो श्रृंखला घोषणाले थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ । फिल्मका प्रमुख पात्र पुष्पराजको यात्रा दोस्रो श्रृंखलामै रोकिने छैन बरु निर्देशक सुकुमारले तेस्रो श्रृंखला पनि आउने जनाएर दर्शकलाई थप अधैर्य तुल्याएका छन् ।

यो नतिजाअनुसार, ‘पुष्पा ३ : द र्‍याम्पेज’ भारतीय फिल्मको अर्को प्रतीक्षित प्रोजेक्ट हुने निश्चित भएको छ । यो फिल्मको पहिलो भाग रिलिज हुँदै गर्दा निर्माताले सिक्वेल आउने बताएपनि प्रवद्र्वन अभियानमा समेत त्यसको नाम घोषणा गरेका थिएनन् ।

पहिलो भाग हेर्न गएका दर्शकले फिल्म हेरेपछि बल्ल थाहा पाए कि पुष्पा २ : द रुल आउँदैछ । यसपटक पनि निर्माताले पोस्ट क्रेडिटमार्फत तेस्रो श्रृंखलाको घोषणा गरेर दर्शकलाई सरप्राइज दिएका छन् । ‘पृुष्पा २’मा अल्लु अर्जुन र रश्मिका मन्दानाको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?