+
+

यस वर्ष स्पोटीफाइमा धेरै सुनिने गायिका बनिन् टेलर स्वीफ्ट (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १३:३७

काठमाडौं । अमेरिकी गायिका टेलर स्वीफ्ट लगातार दोस्रो वर्ष स्पोटीफाइमा सबैभन्दा धेरै सुनिने संगीतकर्मी बनेकी छन् । स्पोटीफाइले सन् २०२४ मा प्लाटफर्ममा संसारभर धेरै सुनिएका गीत र कलाकारको सूची सार्वजनिक गरेको छ ।

यस वर्ष सुनिने शीर्ष १० सूचीको पहिलो स्थानमा स्वीफ्ट छिन् । स्पोटीफाइका अनुसार २६.६ बिलियन पटक स्वीफ्टका गीतलाई सुनिएको छ । स्वीफ्टको पछिल्लो एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ यस वर्ष सबैभन्दा धेरै सुनिने एल्बम बनेको छ ।

स्पोटीफाइमा यस वर्ष संसारभर धेरै सुनिएका आर्टिस्टको शीर्ष स्थानमा टेलर स्वीफ्ट हुँदा दोस्रोमा द विकेन्ड, तेस्रोमा ब्याड बनी, चौथोमा ड्रेक, पाँचौंमा बिली एलिस, छैटौंमा ट्राभिस स्कट, सातौंमा पेसो प्लुमा, आठौंमा कान्ये वेस्ट, नवौंमा एरियाना ग्रान्डे र दशौंमा फेड छन् ।

स्पोटीफाइले सार्वजनिक गरेका उत्कृष्ट १० एल्बमको सूचीमा महिला संगीतकर्मीको दबदबा देखिएको छ ।

विश्वभर धेरै सुनिएका गीत

१. एस्प्रेस्सो : सबिना कार्पेन्टर

२. ब्युटिफुल थिंग्स : बेन्सन बून

३. बर्ड्स अफ अ फिदर : बिली एलिस

४. गाटा वन्ली : फ्लोइ मेनर, क्रिस एमजे

५. लस कन्ट्रोल : टेडी स्विम्स

६. इन्ड अफ बिगिनिङ : डेजो

७. टु स्विट : होजायर

८. वन अफ द गर्ल्स : द विकेन्ड, जेनी, लिली, रोज डेप

९. क्रूल समर : टेलर स्वीफ्ट

१०. डाइ विथ अ स्माइल : ब्रुनो मार्स, लेडी गागा

विश्वभर धेरै सुनिएका एल्बम

१. द टर्चड पोएट्स डिपार्टमेन्ट : टेलर स्वीफ्ट

२. हिट मी हार्ड एन्ड सफ्ट : बिली एलिस

३. सर्ट एन्ड स्विट : सबिना कार्पेन्टर

४. मान्ना सेरा बोनितो : कारोल जी

५. इटर्नल सनसाइन : एरियाना ग्रान्डे

६. १९८९ (टेलर स्वीफ्ट भर्सन) : टेलर स्वीफ्ट

७. एसओस : एसजेडए

८. लभर : टेलर स्वीफ्ट

९. फायरबक्स एन्ड रोलर ब्लेड्स : बेन्सन बून

१०. स्टारब्वाय : द विकेन्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?