+
+

त्रिविको सह-परीक्षा नियन्त्रक नियुक्तिमा राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १४:०८

२० मंसिर काठमाडौं । राष्ट्रिय लोकतान्तिक प्राध्यापक संघले त्रिविको सह–परीक्षा नियन्त्रकको नियुक्ति प्रक्रिया समावेशी नभएको भन्दै आपत्ति जनाएको छ ।

संघका अध्यक्ष उदय किशोर तिवारीले विज्ञप्ति निकालेर सह–परीक्षा नियन्त्रकको नियुक्ति समावेशी बनाउन अल्टिमेटम दिएका छन् ।

‘त्रिभुवन विश्वविद्यालयले आदिवासी, जनजाति, मधेशी, मुस्लिम, महिलाको हक अधिकार कुण्ठित हुनेगरी विभिन्न ठाउँहरुमा गरिएको सह–परीक्षा नियन्त्रकको नियुक्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कार्यविधिको मर्म र भावना विपरीत आफू अनुकुलका व्यक्तिहरूको छनोट समिति बनाइएको र पदाधिकारीबीच दलिय भागवण्डा गरी नियुक्ति गरिएको संघको ठहर छ ।

संघले ४८ घण्टाभित्र नियुक्ति प्रक्रिया सच्याउन अल्टिमेटम दिएको छ । नियुक्ति प्रक्रिया नसच्याए संघर्षमा उत्रिने संघले चेतावनी दिएको छ ।

त्रिविले बुधबार ६ जना सह–परीक्षा नियन्त्रकको नियुक्ति गरेको थियो । विराटनगरमा, जनकपुर पोखरा, नेपालगन्जमा एक एक जना र काठमाडौंको लागि २ जना सह–परिक्षा नियन्त्रक नियुक्ति गरिएको रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले बताए ।

‘६ जनाले आजबाट काम सुरु गर्नुभएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?