+
+

पाँच एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान

प्राविधिक प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका पाँच अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १५:२१

२१ मंसिर, काठमाडौं । प्राविधिक प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका पाँच अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिस्तरीय निर्णयबाट बढुवा भएका पाँच अधिकृतलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरे ।

एसएसपीको दर्ज्यानी चिह्न पाउनेहरूमा डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय, डा. सुवर्ण कुँवर र श्यामकुमार मण्डल रहेका छन् ।

बढुवा भएका उनीहरूलाई आईजी कुँवरले पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी सांगठनिक विकास र सुदृढीकरणको क्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?