+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

आइतबार-सोमबार वर्षा र हिमपातको प्रक्षेपण, पश्चिम क्षेत्रमा बढी प्रभाव

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १९:५४
Photo Credit : AI Created

२१ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ ।

विभागले शुक्रबार विशेष बुलेटिन जारी गरी यो जानकारी दिएको हो । बुलेटिनमा लेखिएअनुसार पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली नेपाल भित्रिदै छ । यो प्रणाली पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले प्रभाव पनि पश्चिम क्षेत्रमै बढी पर्नेछ ।

साथै देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।

विभागका अनुसार यो प्रणालीको प्रभावले मंसिर २३ गते (आइतबार) साँझदेखि मंसिर २४ गते (सोमबार) रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ ।

यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ ।

साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ ।

गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?