+
+

रवि लामिछानेलाई काठमाडौं हुँदै पर्सा लगिंदै

उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १२:०४

२४ मंसिर, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनलाई पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौं र काठमाडौंबाट पर्सा लैजान लागिएको हो ।

यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिसकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?