+
+

त्रिविको सभामा पेस गर्ने प्रस्ताव तयार छ : उपकुलपति बराल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते २१:१७

२६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बिहीबार बस्ने भएको छ । त्रिविका उपकुलपति प्रा.डा केशरजंग बरालले सभामा पेस गरिने प्रस्ताव तयार भएको बताए ।

‘सभा भोलि बस्छ । सभामा पेस गर्ने प्रस्ताव तयार छ,’ उपकुलपति बरालले भने । त्रिविका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सभा बस्ने छ ।

त्रिवि स्मृति भवनमा ११ बजेका लागि सभा बोलाइएको छ । त्रिविको डिन र क्याम्पस प्रमुख नियुक्तिको विषयमा विवाद भइरहेको बेला सभा बस्न लागेको हो ।

८ वटा संकायको डिन र १८ वटा क्याम्पसको प्रमुख नियुक्ति गर्नुपर्ने छ । त्रिविका शिक्षध्यक्ष प्राडा खड्ग केसी सभापति मात्र नियुक्ति गरिने बताउँछन् । ‘बिहीबार सभा छ । सभापति मात्र नियुक्ति हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?