२७ मंसिर,काठमाडौं । पछिल्लो चार महिनामा नेपालमा पौने ६ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को चार महिना (साउन–कात्तिक) अवधिमा ५ अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आव चार महिनाको वित्तीय अवस्थामा कात्तिक मसान्तसम्म गत वर्षको तुलनामा २ अर्ब बढी लगानी भित्रिएको हो ।
अघिल्लो आव २०८०÷८१ को पहिलो चार महिनामा प्रत्यक्ष वैदेशिक ( इक्विटी मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड रुपैयाँ बराबर थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4