+
+

राजदूतमा सिफारिस पूर्णबहादुर नेपालीको सुनुवाइ प्रक्रिया सुरू, १० दिनभित्र उजुरी दिन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ७:३८

२८ मंसिर, काठमाडौं । संघीय संसद् सचिवालयले श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

संसदीय सुनुवाइ समितिले आज सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीविरूद्ध कुनै सूचना भए १० दिनभित्र उजुरी दिन अनुरोध गरेको छ ।

उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र समितिले भनेको छ ।

समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?