+
+

चालक र कार्यालय सहयोगीको दरबन्दी कटौती गर्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १७:५६

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले चालक र कार्यालय सहयोगीको दरबन्दी कटौती गर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘कार्यालय सहयोगी र चालकको दरबन्दी राख्न आवश्यक छैन । यसका लागि विभिन्न निजी क्षेत्रका कम्पनीहरू छन् उनीहरूबाट हायर गर्ने व्यवस्था गर्‍यौं भने कम्पनीले पनि काम पाउँछ र सरकारको व्ययभार पनि कम हुन्छ,’ प्रमुख सचेतक घिमिरेले भने ।

पाँचौं तह (सुब्बा) भन्दा तलको कर्मचारीका लागि आवेदन नै नखोल्ने उनको प्रस्ताव छ । ‘कक्षा १२ पास गरेपछि सुब्बामा उम्मेदवार हुन पाउने भयो । त्यो भन्दा तलको सर्टिफिकेट त स्कुलकै भयो । यसकारण पाँचौँ तहभन्दा तलको लागि आवेदन खोल्न आवश्यक छैन ।’

उनी थप्छन्, ‘अब पाँचौँ तहबाट मात्रै निजामती सेवामा आउने गरी दरबन्दी राख्दा उपयुक्त हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?