+
+

राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयो : मन्त्री गुरुङ

मन्त्री गुरुङले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १२:५१

२९, मंसिर काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारण सभा एंव सातौं महासभामा बोल्दै उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताएका हुन् ।

मन्त्री गुरुङले राजस्व संकलनमा समस्या आएको स्वीकार गर्दै भने, ‘अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन। भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो, र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्‍याएको छ।’ उनले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएका बताए ।

उनले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको र सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यो सरकार उत्तरदायी देखिन्छ, तर अझै प्रयास गर्न बाँकी छ।’ मन्त्री गुरुङले आर्थिक संकटको प्रमुख कारण नियमनकारी निकायहरूको कठोर नीतिलाई आरोप लगाउँदै भने,’सहजीकरण गर्नुपर्ने अवस्थामा कठिन नियमन काम गलत हो ।’

यस्तै, नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकालले पत्रकारहरूको क्षमतावृद्धिका लागि तालिम र छलफलहरूको महत्त्वमा जोड दिएका छन् र यसका लागि आवश्यक सहयोगको अपिल गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?