+
+

माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १०:४९

२ पुस, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

गत वर्षको नाफाबाट हुने बोनस वितरणपश्चात कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय कम्पनीको १ पुसमा बसेको साधारणसभाले गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ ।

सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी एक अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको एक करोड ३० लाख १३ हजार ५ सय ७८ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाइएको छ ।

यसरी संकलित रकम ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने पनि कम्पनीले जनाएको छ ।

हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय भएको पनि कम्पनीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?