 
																			२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ ।
पार्टीको पछिल्लो स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले महासचिव भुसाल नेतृत्वमा केन्द्रीय कार्यालय पाँच जनाको हुने जानकारी दिए ।
‘महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय पाँच जनाको हुनेछ,’ उनले भने । केन्द्रीय कार्यालयमा महासचिवसहित उपमहासचिवहरू पनि हुने उनले बताए ।
एकीकृत समाजवादीमा उपमहासचिवहरू राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई छन् । उनीहरू केन्द्रीय कार्यालयमा रहनेछन् ।
त्यस्तै, एकीकृत समाजवादीले पहिलोपटक २४ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4