 
																			३ पुस, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आगामी चैत मसान्तभित्र हुने भएको छ ।
आज बसेको सचिवालय बैठकले चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको सचिव आरती भट्टराईले बताइन् । तर मिति र स्थान भने स्ववियुको चुनावलाई असर नपर्नेगरी घोषणा गर्ने निर्णय भएको छ ।
सचिवालयको बैठकले आगामाी २५–२६ पुसमा अखिलका जिल्ला अध्यक्षहरुको उपस्थितिमा स्ववियु निर्वाचन तयारी कार्यशाला गर्ने निर्णय गरेको छ ।
अनेरास्ववियुले तोकिएकै मितिमा स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गरी दबाव सिर्जना गर्ने पनि निर्णय गरेको छ ।
सचिवालयको बैठकले त्रिवि स्ववियु सचिव सिद्धान्त भट्टको धर्ना र माग अविलम्ब पुरा गर्न पनि माग गरेको छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4