+
+

थानकोट फिडरअन्तर्गतका स्थानमा आज काटिँदैछ बिजुली

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते ५:३३

५ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौंका विभिन्न स्थानमा आज बिहान बिजुली आपूर्ति कटौती गर्दैछ ।

आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्रविधि जडान कार्य भइरहेकाले बिजुली आपूर्ति कटौती हुने भएको हो ।

बिजुली आपूरती रोकिँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

काम निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?