+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुर ५ विकेटले विजयी ।
Won जनकपुर बोल्ट्स
185/5 (19.2)

केही नेपाल ऐनमा छलफल गर्न कानुन समितिको बेठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते १४:२५

६ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल गर्न बैठक बोलाएको छ ।

समितिका सचिव अधिराज राईले सूचना निकालेर आइतबार बिहान साढे १० बजे बैठक राखिएको जनाएको छ ।

तत्कालीन कानुनी, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले २०८० साल वैशाख २६ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले सैद्धान्तिक छलफल गरेर दफावार छलफल गर्न कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको थियो ।

सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा समेत सरकारले फिर्ता लिनसक्ने प्रावधानमाथि दलहरूका बीचमा कुरा मिलेको छैन ।

यी लगायतका विषयमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?