 
																			८ पुस, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम खेलपछि जनकपुर बोल्टस्का समर्थकमाथि भएको कुटपिट तथा गरिएको दुर्व्यवहारको विरोधमा जनकपुरका युवाहरूले गृहमन्त्रीको पुत्ला जलाएका छन् ।
सोमबार जनकपुरका युवाहरूले भानुचोकमा गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन् । उनीहरूले गृहमन्त्रीविरूद्ध नाराबाजीसमेत गरेका थिए ।
शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो ।
कुटपिटपछि मधेशी आयोगलगातयमा उजुरी परेपछि प्रहरीले क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिट गरेको घटनाबारे छानबिन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4