+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मोरङमा बाँसको झ्याङमा अचेत अवस्थामा हातखुट्टा बाँधिएकी महिला भेटिइन्

कटहरी गाउँपालिका– २ को धानखेतको बीचमा रहेको बाँसको झ्याङभित्र मुखमा पट्टी लगाएर हातखु्टटा बाँधिएको अवस्थामा २२ वर्षीय महिला अचेत अवस्थामा भेटिएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते १७:५५

९ पुस, विराटनगर । मोरङको कटहरीमा एक महिला अचेत अवस्थामा फेला परेकी छन् । मंगलबार दिउँसो कटहरी गाउँपालिका– २ धानखेतको बीचमा रहेको बाँसको झ्याङभित्र मुखमा पट्टी लगाएर हातखुट्टा बाँधिएको अवस्थामा २२ वर्षीय महिला अचेत अवस्थामा भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अचेत अवस्थामा भेटिएकी महिला जहदा गाउँपालिका–३ की बासिन्दा हुन् ।

मंगलबार करिब ११ बजे पराल लिन गएकी महिलाले देखेपछि उनको उद्धार गरिएको थियो ।  ‘पराल लिन गएकी महिलाले देखेपछि हामीसँग घटनाको जानकारी आयो, हामी पुगेर बाँधेको डोरी खोलेर उपचारका लागि अस्पताल पठायौं’ डीएसपी जोशीले भने,‘ महिलाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ, घटनाको विषयमा अनुसन्धान पनि भइरहेको छ ।’

प्रहरीका अनुसार ऋषिदेव थरकी ती महिलाका दुई सन्तान छन् । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी माइतमा बस्दै आएकी थिइन् । मंगलबार बिहान भने उनी घरबाट निस्किएकी थिइन् ।

‘घरबाट निस्कनुको कारण भने खुलेको छैन, महिलाको शारीरिक अवस्था हेर्दा घटना शंकास्पद छ’ उनले भने,‘ सबै कोणबाट अनुसन्धान भइरहेको छ ।’

डीएसपी जोशीका अनुसार महिलाले लगाएको कपडा च्यातिएका छन्, शरीरका केही भागमा नीलडाम पनि छन् ।

‘अहिले विभिन्न कोणबाट घटनाबारे अनुसन्धान भइरहेको छ’ उनले भने,‘१–२ दिनमा सबै विषय खुल्छ ।’  उनले महिलालाई हातखुट्टा बाँधेर छाड्नेको खोजी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?