+
+

नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि नवलपुरमा सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते ११:४७

११ पुस, चितवन । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ ।

पुस १२ र १३ गते नवलपुरको गैंडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुन लागेको सम्मेलन संयोजक भागरिथ सापकोटाले जानकारी दिए । उनका अनुसार सम्मेलनमा वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान सहितको दृष्टिकोणबारे छलफल हुनेछ ।

सम्मेलनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडा पनि आउने संयोजक सापकोटाले बताए ।

‘अहिले नेपाली उद्योगी तथा व्यावसायीहरुले भोग्दै आएका समस्या र चुनौती तथा तिनको समाधानका विषयमा सम्मेलनमा छलफल हुन्छ,’ संयोजक सापकोटाले भने, ‘लगानी तथा व्यवसाय मैत्री वातावरण निर्माणका लागि सरकारलाई महत्वपूर्ण सुझाव दिने सम्मेलनले भूमिका खेल्ने विश्वास लिएका छौं ।’

सम्मेलनमा देशको सवल अर्थतन्त्रका लागि ५ वटा आधारस्तम्भ ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र कच्चा पदार्थमा आधारित उद्योगहरुका बारेमा छलफल हुने संयोजक सापकोटाले बताए ।

महासंघका निवर्तमान उपाध्यक्ष एवम् विधान तथा नीति निर्माण सम्मेलन संयोजक डा. तिलचन्द्र भट्टराईले सरकार, पार्टी र व्यवसायी गरी त्रिपक्षीय छलफल हुने र राज्यलाई सुझाव दिइने बताए । सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट करिब तीन सय जना व्यवसायी प्रतिनिधिहरुको सहभागिता रहने भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?