 
																			१२ पुस, काठमाडौं । पारिवारिक भ्रमणका लागि भारतको लखनउ पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज फर्कंदै छन्।
श्रीमती डा. अञ्जना थापा केसी र छोरीहरू गार्गी तथा जियानाका साथमा थापा बुधबार लखनउ गएका थिए।
दाइ राजु थापाले पार्टी कामको सिलसिलामा बर्दिया पुगेका बेला उतैबाट लखनउ भ्रमणमा गएको र आज पुनः बर्दिया आइपुग्ने जानकारी दिए।
‘अहिले दुवै छोरीको पनि छुट्टी भएकाले पारिवारिक भ्रमणका लागि लखनउ जानुभएको हो’ दाइ राजु थापाले अनलाइनखबरसँग भने, ‘सबैजना आज बर्दिया आइपुग्नुहुन्छ । नेपालगन्जमा पार्टीको कार्यक्रममा सहभागी भएपछि शनिबार काठमाडौं आउनुहुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4