 
																			१४ पुस, काठमाडौं । सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित हुने भएको छ । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाहरुको सुनुवाइ रोकिएको हो ।
‘उहाँको अन्त्येष्टीपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेको छ’ सर्वोच्च अदालतका प्रवक्ता अच्यूत कुइँकेलले भने, ‘पेशी सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित हुनेछ ।
सर्वोच्च अदालत बाहेक अरु उच्च र जिल्ला अदालत अनि न्यायाधीकरणमा भने मुद्दाको सुनुवाइ प्रभावित हुनेछैन ।
आइतबार बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाहगृहमा वस्तीको अन्त्येष्टी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4