+
+

जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १२:३७
सांकेतिक तस्वीर

१४ पुस, काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् ।

१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन ।

उनीहरूले ती किशोरीलाई घुम्न जाने भन्दै फकाएर आफ्नो कोठामा लगि मंगलबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।

सोही उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?