+
+

प्रधानमन्त्रीलाई १ सय ८० किलोको मालाले नागरिक अभिनन्दन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १४ गते १५:४८
पर्सामा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरिँदै (तस्वीर : सचिवालय)

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सामा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सरिक भए ।

नेकपा एमाले पर्सा जिल्ला कमिटीले आयोजना गरेको उक्त जनसभामा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन पनि गरिएको छ ।

उनलाई एक सय किलो र ८० किलोका दुईवटा मालाले नागरिक अभिनन्दन गरिएको हो ।

पर्सा जिल्ला क्षेत्र नम्बर ३ का सांसद समेत रहेका संघीय मामिला तथा प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा उनलाई ८० किलोको मालाले अभिनन्दन गरिएको थियो ।

त्यस्तै, पार्टी जिल्ला कमिटीको तर्फबाट एक सय किलोको मालाले अभिनन्दन गरिएको पर्सा जिल्ला कमिटी सचिव महेश दासले जानकारी दिए ।

पर्साको कार्यक्रम सकेर अहिले प्रधानमन्त्री ओली काठमाडौं फर्कंदैछन् । उनी आजै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अर्को पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?