+
+

प्रदीप खड्का स्टारर ‘एक्टर’को मोसन पोस्टरले चरित्र चित्रणबारे के दर्शाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १५ गते १९:२९

काठमाडौं । माघ १६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : वान टेक’को मोसन पोस्टर सार्वजनिक भएको छ । फिल्मको प्रवर्धन उद्देश्यले यी चलायमान पोस्टर सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए ।

यसबाहेक दुई स्थिर पोस्टर पनि सामेल छन् । जसमा प्रमुख कलाकार प्रदीप खड्का, आना शर्मा, दिब्या रायमाझी र राजवल्लभ कोइरालालाई चित्रण गरिएको छ । ‘पोस्टरमार्फत हामीले कथा भन्न खोजेका छौं’ भुसालले भने ।

यो फिल्मबाट अभिनेता कोइराला दशकपछि फर्किंदैछन् । अभिनेता दिलिप रायमाझीकी छोरी समेत रहेकी दिब्याले यही फिल्मबाट अभिनय यात्रा सुरु गरेकी छन् । पटकथा आकाश बराल र निर्देशक भुसालले लेखेका हुन् ।

फिल्ममा दिव्य देव, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ । अदृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्मको निर्मातामा थमनकुमार भण्डारी र सहनिर्मातामा अनीश भुसाल छन् ।

फिल्मले नेपाली फिल्म क्षेत्रकै हिरोको कथा पेश गर्ने निर्माताले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?