+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सहकारीमा कांग्रेसका ठूलै नेता भएपनि अनुसन्धानमा पाता कसेर लानुपर्छ- गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १८:११

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन सबैलाई बराबर हुने भएकाले कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले भनिरहेको सुनाउँदै थापाले भने, ‘यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू ।’

मंगलबार मकवानपुरमा भएको कार्यक्रममा बोल्दै थापाले गल्ति गरेको भए आफूलाई पनि पाता कसेर लगे हुने बताएका छन् । जसले ठगि गरेको उही दण्डित हुनुपर्ने र अरुले झण्डा लिएर बचाउमा उत्रन नहुने थापाले बताए ।

थापाले भने, ‘सहकारीको पैसा लगेर महिना आठ/दश लाख रुपैयाँ तलब खाएर लुटपाट गर्‍यो भने प्रहरीले के गर्छ ? हाम्रो बोलिचालिको भाषामा पाता फर्काएर लिएर जान्छ । त्यही होइन कानुनको शासन भनेको ?’

कांग्रेस, एमालेसँगै माओवादीलाई पनि बोलाएर भ्रष्टचारका फाइलहरू खोल्न लाग्नुपर्ने उनले प्रस्ताव राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?