
२८ पुस, काठमाडौं। वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित ‘स्वर्ग झै सैलुङ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
दोलखा जिल्लामा अवस्थित प्राकृतिक सौन्दर्यले भरिएको सैलुङ क्षेत्रको महिमा वर्णन गर्ने यो गीतले प्रकृति र पर्यटनप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।
गीतलाई नेपालका ख्यातिप्राप्त गायक प्रल्हाद लिमल्सिना र गायिका सुमिना लो ले स्वर दिएका छन्। संगीतकारको तर्फबाट लोकप्रिय संगीतकार आलोकश्रीले संगीत भरेका छन्, जसले गीतलाई अझ मार्मिक र मनोरम बनाएको छ। यस गीतको एरेञ्ज र मिक्सिङ आदेश गुर्माछनले गरेका छन् । जसले गीत अत्यन्तै उत्कृष्ट बनेको छ।
भिडियो निर्देशनमा कुशल निर्देशक युवाराज वाइबाले काम गरेका छन् भने छायांकन निशल पौडेलले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4