+
+

देशभरका गुठीको जग्गा खोज्दै भूमि मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १३:०२

१७ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका गुठीको जग्गा खोज्न थालेको छ । जग्गाको यकिन विवरण लिएर आवश्यक नीति अवलम्बन गर्न लागिएको बताउँछन्, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

समिति बैठकमा सांसदहरूले गुठी समस्या समाधानमा के पहल भइरहेको छ भनेर सोधेका थिए । जवाफमा मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको बताएका हुन् ।

‘समस्या धेरै पहिलेदेखि कै हो । सरकारको अहिलेको प्राथमिकता गुठीको पुँजी कति छ भन्ने खोज्ने छ । यसकारण हामी देशभरकै गुठीको जग्गा खोज्दै छौं,’ मन्त्री अधिकारीले भने ।

दैलेखमा मात्रै ७ हजार रोपनी जग्गा एउटै गुठी अन्तर्गत रहेको र यस्तो देशका विभिन्न क्षेत्रमा रहेको उनले बताए ।

साथै, समितिले जति सक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?