
काठमाडौं । ‘नेपहपको श्रीपेच २’पछि यसका निर्माताले नयाँ हिपहप रियालिटी शो ‘ब्याटल भूमि’ ल्याउने घोषणा गरेका छन् । आयोजित पत्रकार सम्मेलनमा शोको घोषणा गरियो ।
डिजिटल र फिजिकल दुबै माध्यमबाट अडिसन लिइने जनाइएको छ । अडिसनबाट उत्कृष्ट ६४ प्रतियोगी छनोट गरिने भएको छ । उनीहरूले जज राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
डिजिटल अडिसनको लागि बिट श्रीपेच स्टुडियोको युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपि राइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ । विजेताले नगद ५ लाख रुपैयाँ तथा विभिन्न ब्रान्ड इन्डोर्समेन्टका अवसर प्राप्त गर्ने जनाइएको छ ।
निर्माता सुदीप पोखरेलले नेपाली समाजमा र्याप र हिपहपको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै यो कार्यक्रमको सुरुवात गरेको बताएका छन् ।
यो शोको निर्देशकमा विक्रम खनाल छन् । कार्यकारी निर्मातामा आदर्श विष्ट छन् । प्रमुख निर्णायकमा मानस घले हुनेछन् । विभिन्न एपिसोडमा उनलाई अतिथि निर्णायकले पनि साथ दिनेछन् ।
‘नेपहपको श्रीपेच २’ का उत्कृष्ट प्रतियोगी मनिष ढकाल ‘मेक’लाई कार्यक्रम संचालकको भूमिकामा देख्न पाइनेछ । कार्यक्रमको मुख्य सहायक निर्देशकको रूपमा सुशान्त कटवाल छन् ।
दामी मिडियाको प्रस्तुति रहने ‘ब्याटल भूमि’को डिजिटल अडिसन पुस २६ गते सम्म खुल्ला हुने जनाइएको छ । डिजिटल पार्ट्नरको रूपमा ओएसआर रियालिटी र भोटिङ पार्टनरको रूपमा एभेन्टोज छ ।
प्रतिक्रिया 4