+
+

जागिरको आवरणमा अनलाइन ठगी, साइबर ब्यूरोले भन्यो– सचेत रहनुस्

ब्यूरोले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीबाट जोगिन आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १६:१७

१७ पुस, काठमाडौं । विभिन्न सामाजिक सञ्जालमार्फत अनलाइन ठगी बढेपछि नेपाल प्रहरीकाे साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ ।

ब्यूरोले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीबाट जोगिन आग्रह गरेको हो ।

ब्यूरोले भनेको छ, ‘फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट अनलाइन जबको आवरणमा लिंकहरू पठाएर ठगी हुने गरेका घटनाहरू बढेका छन् ।’

यसका साथै इसेजा, खल्तीजस्ता वालेट तथा बैंकिङ/वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी मागी रकम ट्रान्सफर गर्नेसम्मका घटनाहरू वृद्धि भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । यस्ता क्रियाकलापबाट सचेत रहन ब्यूरोले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?