+
+

दाङमा कांग्रेसका क्रियाशील सदस्यमा ८३ प्रतिशतले नवीकरण गरे

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते १७:३३

१७ पुस, काठमाडौं । दाङमा नेपाली कांग्रेसका क्रियाशील सदस्यमा ८३ प्रतिशतले नवीकरण गरेका छन् । दाङमा १४ औं महाधिवेशनमा १८ हजार ९०३ क्रियाशील सदस्य थिए ।

सयदिने विशेष अभियानको बुधबार समापन गर्ने क्रममा नवीकरणको अवस्थाबारे जानकारी गराइएको हो ।

पार्टी संगठनमा कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको थियो ।

दाङमा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीलाई तोकिएको थियो । ‘दाङमा ८३.६७ प्रतिशतले क्रियाशील सदस्यता नवीकरण गरेका छन् । पहिले भएका क्रियाशील सदस्यमा ६३ जनाको निधन भएको छ । त्यो बेलाका ३ प्रतिशत जति क्रियाशील सदस्य विदेशमा रहेका छन्,’ रसाइलीले भने ।

तहगत क्यालेण्डर अनुसार पार्टीका संरचनाले कार्य गर्ने निर्णय भएको रसाइलीले जानकारी गराए ।

कांग्रेसबाट जितेका जनप्रतिनिधिले आफूले गरेका कार्य, भावी योजना, बेरुजु हटाएको अवस्था लगायतमा ३/३ महिनामा पार्टीमा विवरण बुझाउनुपर्ने निर्णय भएको रसाइलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?