+
+

स्पेस स्टेशनमा १६ पटक नयाँ वर्ष मनाउँदै सुनिता विलियम्स

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १४:४०

१८ पुस, काठमाडौं । सन् २०२४ सकिए लगत्तै अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरुले नयाँ वर्ष सन् २०२५ को उत्सव मनाउन सुरु गरेका छन् । एक्सपिडिसन ७२ का अन्तरीक्षयात्रीहरुले पृथ्वीको परिक्रमा गर्दै एक दिनमै १६ पटक नयाँ वर्ष मनाउनेछन् ।

स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरु पृथ्वीभन्दा करीब ४ सय किलोमिटरको उचाइँमा नयाँ वर्ष सन् २०२५ मा प्रवेश गर्दैगर्दा १६ पटक सूर्योदय र सूर्यास्त देख्नेछन् । हाल स्पेस स्टेशनमा भारतीय मूलकी अन्तरीक्षयात्री सुनिता विलियम्स लगायत छन् ।

उनी गत जून महिनामा ८ दिनका लागि बोइंग कम्पनीको स्टारलाइनर मार्फत् अन्तरीक्ष स्टेशनमा गएका थि । तर अन्तरीक्ष यानमा समस्या आएपछि उनीहरु अहिलेसम्मै अड्किएका छन् । अब उनीहरु आगामी मार्च महिनामा मात्रै पृथ्वीमा फर्किनेछन् ।

अन्तराष्ट्रिय स्पेस स्टेशनले हरेक ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्दछ । त्यसैले एक दिन अर्थात् २४ घण्टामा यसले १६ पटक पृथ्वीको परिक्रमा गर्दछ । अर्थात् स्पेस स्टेशनमा २४ घण्टामा १६ पटक दिन र १६ पटक रात पर्दछ । पृथ्वीमा एक दिन नयाँ वर्ष मनाइरहँदा अन्तरीक्ष स्टेशनमा भएका अन्तरीक्षयात्रीहरुले भने १६ पटक नयाँ मनाउनेछन् ।

अन्तरीक्षयात्रीहरुले स्पेस स्टेशनमा विभिन्न गतिविधिहरुका साथ नयाँ वर्षको उत्सव मनाउनेछन् । जसमध्ये पृथ्वीबाट पठाइएका ताजा सामाग्रीबाट तयार पारिएका परिकार समेत रहेका छन्। साथै उनीहरु भिडियो कलका माध्यमबाट परिवार तथा मित्रजनसँग पनि जोडिनेछन् ।

विलियम्सले यसअघि पनि यस्तै खालको अनुपम अनुभव लिइसकेकी छिन् । उनले अन्तरीक्षलाई आफ्नो खुसीयालीपूर्ण स्थान बनाएकी छिन् ।

स्पेस स्टेशनका अन्तरीक्षयात्रीहरुले हालै क्रिसमसको उत्सव पनि मनाएका थिए । उनीहरुले विभिन्न विदाहरुको परम्परामा पनि भाग लिएका छन् जसमा सजावट तथा विशेष भोजन तयार गर्ने लगायतका क्रियाकलाप सामेल छन् । साथै उनीहरुले महत्वपूर्ण वैज्ञानिक अनुसन्धान पनि गरिरहेका छन्। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?