+
+

दूरसञ्चार रोयल्टी पुस मसान्तसम्म बुझाउन प्राधिकरणको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १४:४३

१८ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापत रकम बुझाउन कम्पनीहरूलाई पुस मसान्तसम्मको समय सीमा दिएको छ ।

प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै अनुमतिप्राप्त दूरसञ्चार सेवा प्रदायकलाई यस्तो समय सीमा दिएको हो । दूरसञ्चार नियमावली २०५४ अनुसार कुल आम्दानीको ४ प्रतिशत दरले रोयल्टी र २ प्रतिशत दरले दूरसञ्चार विकास कोषबापत रकम बुभाउनुपर्छ ।

नियमावलीको नियम २६ मा वार्षिक कुल आम्दानी भन्नाले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि कर तथा उपकरण बिक्रीबापत प्राप्त हुने रकम बाहेक दूरसञ्चार सेवा प्रदायकले प्राप्त गरेको आम्दानीलाई जनाउँछ ।

कतिपय इन्टरनेट सेवा प्रदायकले उक्त व्यवस्था बमोजिम कुल आम्दानी गणना नगरेको भन्दै प्राधिकरणले सचेत समेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?