
१९ पुस, काठमाडौं । लोकसेवा आयोगले निजामती सेवामा एउटा आधिकारिक ट्रेड युनियन राख्दा हुने प्रस्ताव राखेको छ ।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव राखेका हुन् ।
आयोगको तर्फबाट समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथि सुझाव राख्ने क्रममा अध्यक्ष रेग्मीले एउटा आधिकारिक ट्रेड युनियन राख्दा हुने बताएका हुन ।
‘एक मात्र आधिकारिक ट्रेड युनियनमा केन्द्रित गरिनुपर्छ,’ अध्यक्ष रेग्मीको प्रस्ताव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4