+
+

आमाबुबा बन्दै कमल र मेलिना, खुसीमा ल्याए ‘प्रेग्नेन्सी स्टोरी’को गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १३:५३

काठमाडौं । संगीतकर्मी जोडी कमल खत्री र मेलिना मैनालीले पहिलो सन्तानलाई स्वागत गर्दैछन् । आफूहरू छिट्टै बच्चाको आमाबाबु बन्न लागेको जानकारी दिंदै उनीहरूले यसको खुसीमा ‘प्रेग्नेन्सी स्टोरी’ गीत सार्वजनिक गरेका छन् ।

सारमा यो गीत मेलिनाको प्रेग्नेन्सी घोषणा र यो अवसरलाई सेलिब्रेसन गर्ने उनीहरूको एउटा क्षण हो ।

‘जीवनका अनेक खुसीका पलमध्ये एउटा खुसीको पल थपिंदैछ । छिट्टै नै हामी हाम्रो बच्चाको आमाबुवा बन्न लागेको खबर यहाँहरुलाई सुनाउन पाउँदा हामी धेरै खुसी छौं । यहाँहरुको माया, आशीर्वाद रहिरहने अपेक्षा गर्दछौं,’ कमलले लेखेका छन् ।

मेलिना लेख्छिन्, ‘एउटा मेरो मुटु धड्किरहेछ, अर्को मेरो बच्चाको मुटु धड्किरहेको छ । तिमीलाई यो संसारमा ल्याउन म निकै नै आतुर छु । अहिले म एउटा आमा बन्ने सुन्दर सौभाग्य अनुभव गरिरहेको छु र यो खुसी हजुरहरुलाई पनि सुनाउँदैछु । यो सहयोगका लागि श्रीमान् कमल खत्रीलाई धन्यवाद ।’

यी शब्द लेख्दै कमल र मेलिनाले ‘प्रेग्नेन्सी स्टोरी दिनप्रतिदिन’को सांगीतिक भिडि सेयर गरेका छन् । खत्रीकै शब्द, संगीत र आवाजमा रहेको गीतमा यो जोडी फिचर्ड छन् । भिडियोमा मेलिनालाई बेबी बम्पसहित देख्न सकिन्छ । कमल उनलाई स्याहार गरिरहेका छन् ।

मर्मस्पर्शी यो गीत उनले पत्नी मेलिनाका लागि समर्पण गरेका छन् । यी दुईजनाले २०७९ असोज १६ गते विवाह गरेका थिए । मेलिना भ्वाइस अफ नेपालको तेस्रो सिजनबाट चर्चामा आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?